काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले विपद् जोखिम व्यवस्थापनबारे संसदलाई जानकारी गराउन सरकारसँग माग गरेका छन् ।
वर्षात्का कारण पूर्वी पहाडी जिल्लाहरुमा विपद्मा परी उपचार नपाएर नागरिकहरुको ज्यान समेत गईरहेका बेला गृहमन्त्री नारायणकाजी श्रेष्ठ भने समाजवादी मोर्चा निर्माणमा लागेको भन्दै आपत्ति समेत जनाए । सोमबार प्रतिनिधिसभा बैठकको शुन्य समयमा बोल्दै उनले वर्षात्का कारण पूर्वी पहाडी जिल्लामा ठूलो धनजनको क्षति हुँदा पनि प्रधानमन्त्री पुष्पकमल दाहालसहितका मन्त्रीहरु संसदमा बेखवर रहेको भन्दै आक्रोश समेत व्यक्त गरे ।
सांसद झाले बाढी र पहिरोका कारण नागरिकहरुमा मरिन्छ कि भन्ने डर बढ्दै गईरहेको तर सरकारले बेवास्ता गरिरहेको आरोप समेत लगाए ।
सांसद झाले आफूहरुले विपद व्यवस्थापनका बारेमा जनतालाई जवाफ दिनुपर्ने भएकाले सरकारले यसको बारेमा संसदलाई जानकारी गराउन ढिलाई गर्न नहुने बताए ।



















