काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समाजवादी मोर्चा एमाले विरुद्ध मुकाबिला गर्न बनाउन खोजेको बताएका हुन् ।
शनिबार एमाले पार्टी कार्यालयमा आयोजित पार्टी प्रवेश गर्ने कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले माओवादी केन्द्र, एकीकृत समाजवादीसहितका साना दल मिलेर बन्न लागेको समाजवादी मोर्चाको कुनै औचित्य नभएको बताएका हुन् ।
उनले समाजवादी मोर्चा एमालेसँग मुकाबिला गर्न र कांग्रेसलाई तर्साउन बन्न लागेको तर्क गरे ।
राष्ट्रियता, सामाजिक न्याय, लोकतन्त्र र लोकतान्त्रिक राजनीतिक संस्कारको सवालमा एमाले अगाडि रहेको बताए । उनले थोपा थोपा मिलेर समुद्ध मिलेजस्तै हुने बताए।
ओलीले जनतालाई राजनीतिप्रति वितृष्णा जगाउने उल्टो बाटो गरिरहेको भन्दै त्यसतर्फ सचेत हुनुपर्ने बताए। एमाले आदेशबाट नियुक्त गर्ने र आदेशबाट बर्खास्त गर्ने पार्टी नभएको बताए। उनले एमाले प्रतिस्पर्धा गर्ने भएकाले नवप्रवेशीलाई क्षमता र योग्यताका आधारमा सबैलाई जिम्मेवारी दिइने बताए ।



















