काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले बजेट सच्याएर ल्याउन सरकारसँग माग गरेका छन् ।
बजेट सच्याएर नल्याए जनताले नमान्ने र संघीय लोकतान्त्रिक गणतन्त्र धरापमा पर्ने उनको भनाई थियो ।
शुक्रबार प्रतिनिधिसभा बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको विनियोजन शिर्षकमाथिको छलफलमा भाग लिँदै उनले बजेट सच्याएर ल्याउने काम सत्तापक्षले गरे एउटा राम्रो परम्पराको सुरुवात पनि हुने र संसदको पनि गरिमा बढने बताए । अध्यक्ष लिङदेनले बजेटमा सत्तापक्ष भित्र रुवाबासीको अवस्था रहेको देखिनु बिडम्बनापूर्ण रहेको समेत बताए ।
अहिलेको ठेक्का प्रणाली पनि व्यवहारिक हुनुपर्ने उनले बताए ।
अध्यक्ष लिङदेनले सत्तारुढ दलहरुले लोभ गरेर आफ््नो पक्षमा पारेको बजेट खर्च हुने अवस्था नरहेको जिकिर समेत गरे ।

























