काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल गंगालाल हृदयरोग केन्द्रमा भर्ना हुनु भएको छ । मुटुमा समस्या भएपछि मंगलबार बिहान भर्ना गरि राष्ट्रपति पौडेलको थप उपचार भइरहेको अस्पताल स्रोतले जनाएको छ ।
तर, राष्ट्रपति पौडेललाई भएको समस्याको बारे अस्पताल प्रशासन र राष्ट्रपति कार्यालयले औपचारिक जानकारी भने सार्वजनिक गरेका छैनन् ।