काठमाडौं । नेकपा एमालेका सांसद विष्णु प्रसाद पौडेलले बजेटले मुलुकको विद्यमान आर्थिक अवस्थालाई वेवास्ता गरेको बताएका छन् ।
आइतबार प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०८०/०८१ को बजेटमाथि छलफलमा भाग लिदै पूर्वअर्थमन्त्री समेत रहेका पौडेलले बजेटका सिद्धान्त, प्राथमिकता, नीति र कार्यक्रमको बीचमा कुनै पनि प्रकारको संगति नदेखिएको बताए ।
नीति तथा कार्यक्रममा उल्लेख गरिएका कयौं कार्यक्रम र योजनालाई बजेटले वेवास्था गरेको उनको भनाइ छ । उनले कतिपय योजनाहरूको कार्यक्रममा बजेट विनियोजन हुनु त परको कुरा तिनका बारेमा स्मरण समेत नगरिएको भन्दै आपत्ती जनाए। उनले सिद्धान्त र प्राथमिकतासँग नीति र कार्यक्रममा बजेटको अन्तर सम्बन्ध हुनुपर्ने बताए ।
उनले बजेटले मुलुकको अर्थतन्त्रका समस्यालाई चिन्न नसकेको भन्दै समाधानका निम्ति कुनै दुष्टिकोण दिन समेत नसकेको बताए । उनले बजेटले मुलुकमा विद्यमान आर्थिक अवस्थालाईा वेवास्ता गरेको बताए ।

























