काठमाडौँ । गौर हत्याकाण्डविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दा सुनुवाइका लागि आज पुनः पेसी तोकिएको छ ।
जेठ २२ गते न्यायाधीश कुमार रेग्मीको इजलासमा पेशी तोकिए पनि ‘हेर्न नभ्याइने’ सूचीमा परेको थियो । आज उक्त रिट निवेदनमा सुनुवाइ गर्न न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासमा परेको छ ।
सशस्त्र द्वन्द्वका बेला २०६३ चैत ७ गते रौतहटको गौरमा तत्कालिन मधेसी जनअधिकार फोरम र तत्कालीन नेकपा माओवादीले एकै स्थानमा सभा गर्न खोजेपछि दुई पक्षबीच झडप भएको थियो । सो झडपमा २८ जना माओवादी कार्यकर्ता मारिएका थिए ।
त्यसबेला मारिएकाहरूका आफन्तका तर्फबाट न्याय माग गर्दै त्रिभुवन साहले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरकाए हुन्।
हत्याकाण्डविरुद्ध जिल्ला प्रहरी कार्यालय रौतहटमा जाहेरी दिँदा पनि प्रहरीले सुनुवाइ नगरेको पीडित परिवारको गुनासो छ ।


















