काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने निर्णय तत्काल सच्याउन सरकारसँग माग गरेका छन् ।
बु्धबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद थापाले यस्तो माग गरेका हुन् ।
उनले निर्वाचन आयोगको भूमिकालाई संकूचित पार्दा निर्वाचनको निष्पक्षतामाथि नै प्रभाव पार्ने बताए । उनले जिल्ला निर्वाचन आयोगलाई जिल्ला प्रशासनमा सार्ने काम भयो भने यसले निर्वाचन आयोगको भूमिका संकूचित हुने र कामसमेत प्रभावित हुने धारणा व्यक्त गरे।
यो विषय संविधानसंवत् नभएको उनको भनाइ छ । संविधानले नै निर्वाचनका लागि निम्ति मतदाताको नामावली संकलन गर्ने काम निर्वाचन आयोगलाई दिएको भन्दै यो निर्णय खारेज हुनुपर्ने बताए ।
यो विषय खर्च कटौतिका हिसाबले पनि उचित नभएको उनले जिकिर गरे ।
सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ बाट जिल्ला निर्वाचन आयोग खारेज गरेर जिल्ला प्रशासन कार्यालय मातहत राख्ने निर्णय गरेको छ ।




















