काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले घट्दो पुँजीगत खर्चबाट समावेशी आर्थिक वृद्धि हासिल गर्न नसक्ने बताएका छन् ।
मंगलबार प्रतिनिधिसभा बैठकमा बजेटमाथि छलफलमा भाग लिदै अध्यक्ष ओलीले नेपाल र नेपालीको हितमा बजेट नआएको बताए । उनले बजेट गठबन्धनको रक्षाका लागि मात्रै ल्याइएको आरोप लगाए ।
पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले सरकारले पुँजीगत खर्चको लक्ष्य चालु आथिक वर्षको रु ३ खर्ब ८० अर्बबाट घटाएर ३ खर्ब २ अर्बमा सिमित गरेको जिकिर गरे । पुँजीगत खर्च हिजो र आजको आवश्यकतालाई मात्रै नभइ भोलिको आँकडालाई निर्धारण गरेर ल्याउनुपर्ने उनले बताए ।
ओलीले सरकारले वैदेशिक अनुदानको रकमलाई समेत घटाउन खोजेको भन्दै आपत्ती जनाए ।