काठमाडौं । पूर्वअर्थमन्त्री डा.युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न रहेको भए अर्थमन्त्री जवाफदेही हुनुपर्ने बताएका छन् ।
सोमवार काठमाडौंमा आर्थिक मिडिया सोसाइटीले आयोजना गरेको ‘पोष्ट बजेट– अ होलिस्टिक डिस्क्लोजर’ विषयक अन्तक्रिया कार्यक्रममा बोल्दै डा. खतिवडाले यस्तो बताएका हुन् । उनले गत वर्षजस्तै यो वर्ष पनि बजेट बनाउँदा अनधिकृत व्यक्ति छिरेको आशंका गरेर मिडियामा समाचारहरु आउन थालेको भन्दै त्यो सत्य नहोस् भन्ने पक्षमा आफू रहेको बताए । उनले यो वर्ष पनि करका दर हेरफेरमा अनधिकृत व्यक्ति प्रवेश भएको भए अर्थमन्त्री कठघरामा उभिनुपर्ने बताए ।
उनले पनि अघिल्लो वर्षमा भएका करका अनियमिताहरु हल र कोष करेक्कन नभएको बताए । उनले सरकारले प्रश्तुत गरेको आगामी आर्थिक वर्षका बजेट कमजोर जगमा बनेको बताए ।
उनले कसैलाई खुशी पार्न नसक्ने बजेट आलोचित हुने बताए । उनले स्टक्चर बनाउन खोजेको छ तर जग पनि कमजोर रहेको बताए । उनले कजेट कमजोर जगमा बनेकाले कार्यान्वयन र लक्ष्य हासिल हुने कुरामा प्रश्न उठ्ने बताए ।
उनले विद्युतीय सवारी साधनमा सरकारले अहिले नै प्राथमिकता दिनुपर्ने बेला नभएको बताउनु भयो। उहाँले विद्युतीय सवारी साधनले मात्रै वातावरण प्रदुषण नगरेको भन्दै काठमाडौंमा चल्ने सवारी साधन मात्रै नभएर आन्तरिक अन्य कारण प्रदुषण भइरहेको बताए । उनले प्रदुषणको कारण गाडीमात्र नभएको बताए । उनले नेपालमा सिम्टा बालेर बस्ने, पुल्ठो बालेर बस्ने, प्लास्टिक बालेर आगो ताप्ने मानिस रहेको भन्दै यसमा पनि ध्यान दिनुपर्ने बताए ।
उनले अहिले सबै विद्युतीय गाडीको पछि लागेको भन्दै विद्युत खपतमा सरकारले औद्योगिकरण र उद्योगलाई विद्युत सस्तो बनाउन आवश्यक रहेको बताए । उनले विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङलाई लक्षित गरी विद्युतीय सवारी साधनले मात्रै विद्युत खपत नहुने बताए ।
उनले सस्तो लोकप्रियताको लागि मात्रै अर्थमन्त्री हुनु नहुने र अहिले गाली खाए पनि पछि वाहीवाही पाइने बताए ।

























