काठमाडौं । सत्तारुढ नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले अर्थमन्त्री प्रकाशशरण महतले करको दर हेरफेरमा अनधिकृत व्यक्तिहरुलाई संलग्न गराएको आफूले सुनेको उल्लेख गर्दै त्यो सत्य भए सैह्य नहुने चेतावनी दिएका छन् ।
उच्च घरानियाहरुले प्रयोग गर्ने विद्युतीय गाडीमा करको दर हेरफेर गर्ने कार्यमा बजेट निर्माण गर्नुअघि अनधिकृत व्यक्तिलाई संलग्न गराउने काम अपराधपूर्ण कार्य हुने भएकाले त्यसलाई कुनै पनि हालतमा छुट दिन नसकिने उनको चेतावनी थियो ।
सोमबार प्रतिनिधि सभा बैठकमा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै उपाध्यक्ष पाण्डेले बजेट खासखास क्षेत्रमा मात्रै खन्याउने काम गरे आफ्नो पार्टीले विरोध गर्ने पनि स्पष्ट पारे ।
उपाध्यक्ष पाण्डेले विद्युतीय गाडीको आयातमा जोड दिन पनि सरकारलाई सुझाव दिए ।