काठमाडौं । चारदिने भारत भ्रमण सकेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वदेश फर्किएका छन् ।
गत जेठ १७ गते भारत गएका प्रधानमन्त्री प्रचण्डसहितको टोली नेपाल फर्किएको हो । प्रधानमन्त्री प्रचण्डलाई इन्दिरा गान्धी विमानस्थलमा भारतीय विदेश मन्त्रालयकी राज्यमन्त्री मिनाक्षी लेखीले बिदाइ गरेकी हुन् ।

बिदाइ समारोहमा भारतका विदेश राज्यमन्त्री मिनाक्षी लेखी, नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव, भारतका लागि नेपाली राजदूत डा. शंकर शर्मा लगायतको उपस्थिति रहेको थियो ।




















