काठमाडौं । चारदिने भारत भ्रमणमा गएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विदेश राज्यमन्त्री मीनाक्षी लेखीले स्वागत गरेकी छन् ।
प्रधानमन्त्री प्रचण्ड चार दिने औपचारिक भ्रमणका सिलसिलामा आज नयाँ दिल्ली पुगेका हुन् । प्रधानमन्त्री प्रचण्ड मध्याह्न १३ः३५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान नम्बर आरए २१७ बाट त्यसतर्फ प्रस्थान गरेका हुन् ।
उनलाई विमानस्थलको अति विशिष्ट कक्षमा सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, मन्त्रीगण, विशिष्ट कर्मचारी, संवैधानिक आयोगका प्रतिनिधिलगायत विशिष्ट पदाधिकारीले बिदाइ गरेका थिए ।
प्रधानमन्त्री प्रचण्डले बिहीबारदेखि राजनीतिक भेटवार्ता थाल्ने कार्यतालिका छ ।