काठमाडौं । सेयर बजारमा भारी अंकको गिरावट आएको छ । सेयर कारोबारको तेस्रो दिन नेप्से परिसूचक ५३.१६ अंकले घटेर १८८८.६१ विन्दुमा पुगेको छ ।
सेन्सेटिभ इण्डेक्स ८.७२ अंकले घेर ३६०.७१ विन्दुमा अडिएको छ । आज २७५ कम्पनीको ७० लाख ७४ हजार २५५ कित्ता सेयर २ अर्ब ३४ करोड १७ लाख ७७ हजार ८४४ रुपैयाँमा खरिदबिक्री भयो ।
दोहोरो अंकले घटेको बजारमा दुई कम्पनीको मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भयो । आत्मनिभर लघुवित्त वित्तीयको १० प्रतिशत र बीपीडब्लु वित्तीय संस्थाको मूल्य ९.९८ प्रतिशतले बढेको हो ।
कारोबारमा आएका १३ वटै उपसमूहको सूचक नकारात्मक देखिएका छन् । आज माइक्रो फाइनान्स उपसमूहको सूचक सबैभन्दा बढी ३.४२ प्रतिशतले घट्यो ।

























