काठमाडौं । सरकारले जग्गाको कित्ताकाट फुकुवा गरेको छ । अर्थमन्त्री डा.प्रकाशशरण महतले केही समयदेखि रोकिँदै आएको जग्गाको कित्ताकाट आगामी आर्थिक वर्षमा फुकुवा गर्ने घोषणा गरेका छन् ।
यसबाट घरजग्गा क्षेत्रको कारोबार विस्तार हुने अपेक्षा लिइएको अर्थ मन्त्री डा.महतले बताए । आगामी आर्थिक वर्ष एक सय १० स्थानीय तहमा २५ हजार भूमिहीनलाई जग्गाधनी प्रमाणपुर्जा उपलब्ध गराइने बजेटमा उल्लेख छ ।
























