काठमाडौं । नवनियुक्त वन तथा वातावरण मन्त्री वीरेन्द्रकुमार महतोले राष्ट्र र जनताको हित हुने गरि काम गर्ने प्रतिवद्धता जनाएका छन् ।
बुधबार शितल निवासमा पद तथा गोपनियताको सपथ लिएपछि सिंहदरबार पुगेर पदभार ग्रहण गर्दै मन्त्री महतोले भ्रष्टचारमा शून्य सहनशिलताका साथ देश र जनताको हितमा काम गर्ने प्रतिवद्धता जनाएका छन् ।
उनले अहिलेको आर्थिक संकटमा नेपालको जडिबुटी लगाएतलाई प्रोत्साहन गरेर निर्यात गर्ने गर्दै विदेशी मुद्रा आर्जन गर्नुपर्ने बताएका छन् ।
त्यस्तै बर्षौदेखि कुहिएर रहेको काठलाई प्रयोग गर्न सहजीकरण गरेर स्वदेशमा खपत गरि विदेशमा समेत निर्यात गर्ने योजना बनाउने उनले बताएका छन् ।
मन्त्री महत्तोले वातावरणमा असर पार्ने उद्योगहरुलाई निगरानी गरेर वातावरणलाई असर नपार्ने गरि सञ्चालनका लागि पनि आफुले पहल गर्ने जानकारी दिएका छन् ।



















