काठमाडौँ । सरकारले वैदेशिक रोजगारीमा जाने युवाहरूलाई सरकारी ऋण पत्र उपलब्ध गराउने भएको छ ।
सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सरकारी ऋण पत्र उपलब्ध गराउनुको साथै निजी क्षेत्रका आयोजनाको प्राथमिक सेयरमा लगानी गर्न प्रेरित गर्ने जानकारी दिनुभयो ।
त्यस्तै उहाँले देशभरि बीमाको पहुँच विस्तार गर्ने बताउनुभयो । न्युन आय भएका वर्ग र समुदायलाई स्थानीय तहमार्फत् लघु बीमा गराउन सहजीकरण गरिने नीति तथा कार्यक्रममा समेटिएको छ ।




















