दाङ । लामो समयदेखि भारतीय कम्पनीले अलपत्र पारेको दाङको घोराही-तुलसीपुर चार लेन सडक निर्माणको सम्झौता रद्द भएको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा नेपाल सरकारका प्रवक्ता रेखा शर्माले दाङको फोरलेन सडकको सम्झौता रद्द गरिएको बताएकी छन् ।
रेडियोे मध्यपश्चिमको १७ औं स्थापना दिवसको अवसरमा बोल्दै मन्त्री शर्माले फोरलेन सडक ठेक्का सम्झौता रद्ध गरिएकोे बताइन् । भारतीय निर्माण कम्पनीले फोरलेन सडक निर्माणको जिम्मा लिएर चारवर्षदेखि अलपत्र पारेकाले नेपाल सरकारले उक्त निर्माण कम्पनीको ठेक्का सम्झौता रद्ध गरी नयाँ प्रक्रिया थाल्न लागेको बताइन् ।
सडक निर्माणको नयाँ निर्माणको काम नहुँदासम्म अलपत्र परेको फोरलेन सडकको बिग्रे भत्किएको ठाउँमा नेपाल सरकारले मर्मत सम्भार गर्ने बताइन् ।
भारतीय निर्माण कम्पनीले फोरलेन सडक निर्माणका नाममा अलपत्र पारेकाले फोरलेन सडक निमाण ठेक्का सम्झौता नेपाल सरकाले रद्ध गरेको उनले बताइन् । मन्त्री शर्माले उक्त अवसरमा नेपाल सरकार अहिले सुशासन पक्षमा दृढताका साथ उभिएर मुलुकलाई समृद्धिको बाटोमा डोहो-याउन खोजेको बताइन् ।
जसका लागि नेपाल सरकारले नक्कली भुटानी शरणर्थी प्रकरणमा मुलुकको नीति निर्माण तहका व्यक्तिहरुले उक्त प्रकरणको अभियोगमा मुछिरहेकाले सत्यतथ्य छानविन हुने बताइन् ।

























