काठमाडौं । बिहीबार सुनको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १ लाख ११ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।
बुधबार सुन सोही मूल्यमा कारोबार भएको थियो । सुनको मूल्य स्थिर रहे पनि चाँदी भने घटेको छ। अघिल्लो कारोबार दिन बुधबार प्रतितोला चाँदी १४४५ रुपैयाँमा कारोबार भएको थियो ।
आज १५ रुपैयाँले घटेर प्रतितोला चाँदी १४३० रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ ।




















