काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले अर्थतन्त्र ओरालो लागेको भन्ने हल्ला निराधार रहेको बताएका छन् । प्रतिनिधिसभामा सांसद्हरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले अर्थतन्त्र ओरालो लागेको नभई उकालोतर्फ चढिरहेको दाबी गरे ।
राजस्व बढाउने लक्ष्य हासिल नगरेको यथार्थ उनले खुलाए । उनले विदेशी सहयोग ऋणको पनि सीमितता रहेको बताए । उनले मौद्रिक नीति खुकुलो बनाइने बताए । अन्तिम समयमा खर्च गर्ने र ९ महिना सुत्ने प्रवृत्तिको अन्त्य हुने उनको भनाइ छ । स्रोत सुनिश्चित गरेर बजेट विनियोजन गरिएको उनले बताए ।
जथाभावी वैदेशीक ऋण नलिने घोषणा गर्दै उनले भने, ‘यसले बोझ थप्छ। विदेशी सहयोग लिने विषयमा अत्यन्तै चनाखो हुन्छौं। सहयोग त चाहिएको छ। तर प्राथमिकता हेरेरमात्रै अघि बढ्छौं ।’

























