काठमाडौं । इङवा हाइड्रोपावरको आइपीओ बुधबार बाँडफाँट भएको छ । कम्पनीले वैशाख १३ गतेदेखि १७ गतेसम्म सर्वसाधारणका लागि उक्त आइपीओ बिक्री खुला गरेको थियो ।
१२ लाख ३ हजार ९९५ जना आवेदकले १ करोड २८ लाख ९५ हजार ४९० कित्ता सेयरको लागि परेको आवेदनमध्ये ११ लाख ९९ हजार ९६७ को योग्य आवेदन परेको थियो ।
योग्य आवेदक मध्येबाट १ लाख २६ हजार ८६३ जना आवेदकले मात्रै १० कित्ताका दरले सेयर पाएका छन् ।

























