काठमाडौँ । अर्थमन्त्री डा. प्रकाश शरण महतले आज प्रि-बजेटका बारेमा सांसदहरूले राखेका जिज्ञासाको जवाफ दिँदै छन् ।
आइतबार बसेको प्रतिनिधिसभा कार्य व्यवस्था समितिको बैठकले गरेको निर्णय अनुसार तीन दिनसम्म सांसदहरूले राखेका प्रि– बजेटका बारेमा आज अर्थमन्त्री महतले जवाफ दिन लागेका हुन ।
राष्ट्रियसभामा सांसदहरूले उठाउनुभएका सवालको जवाफ भने अर्थमन्त्री महतले हिजै दिइसकेका छन् ।
संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते आउन लागेको बजेटको पूर्व सन्ध्यामा राजनीतिक दलहरूले प्रि बजेटका बारेमा छलफल सुरु गरेका थिए ।
























