काठमाडौं । कोरोनाबाट नेपालमा थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप एक जनाको मृत्यु भएको हो ।
योसँगै नेपालमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १२ हजार ३१ पुगेको छ।
यसैगरी पछिल्लो २४ घण्टामा १ हजार ३०१ जनामा गरिएको परीक्षणमा ४३ जनामा कोरोना पुष्टि भएको छ। यस अवधिमा ५० जना संक्रमित निको भएका छन् ।
मन्त्रालयका अनुसार हाल नेपालमा २०२ जना संक्रिय संक्रमित रहेका छन् ।

















