काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ ।
आज तोलामा एक सय रुपैयाँले घटेर १ लाख ९ हजार ६०० रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। बुधबार छापावाल सुन १ लाख ९ हजार ७०० रुपैयाँ कायम भएको थियो ।
यस्तै, तेजाबी सुनको मूल्य तोलाको १ लाख ९ हजार १०० रुपैयाँमा कारोबार भएको छ ।
आज चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदीको मूल्य प्रतितोला १४ सय १५ रुपैयाँ कायम रहेको छ ।

























