काठमाडौं । विकाश उन्मुख देशहरुको आर्थिक उन्नत्तीको लागि डेभलपमेन्ट फाईनान्स ईन्सटिट्यूसन (DFIs) हरुले प्रदान गर्ने आर्थिक सहयोग निकै महत्वपूर्ण हुन्छ, नेपालमा उपलब्ध श्रोत र साधनहरुको कारण केही समयदेखि यस्तो सहयोग प्राप्त गर्ने रोजाईको देश भएको छ ।
विदेशी यस्ता दातृ निकायहरुबाट प्राप्त हुने सहयोगले नेपालको आर्थिक उन्नतिमा महत्वपूर्ण भुमिका खेल्दै आएको छ । फलस्वरुप यसरी प्राप्त हुने विदेशी मुद्राको उतार–चडाबलाई नियन्त्रण गर्नका लागि नेपालका बैंक तथा वित्तीय संस्थाको भुमिका महत्वपूर्ण रहेको हुन्छ ।
यस्ता उतार–चडाब नियन्त्रण गर्नका लागि एनएमबि बैंक लि. ले The Currency Exchange Fund (TCX), Amsterdam र MFX Currency Risk Solutions, Washington सगँको सहकार्यमा ८ मिलियन अमेरिकी डलर बराबरको रकम सफलतापुर्वक हेजिङ्ग कारोबार गरी नेपालकै पहिलो हेजिङ्ग कारोवार सम्पन्न गर्ने नेपालको अग्रणी बाणीज्य बैंक भएको छ ।
नन् डेरिभरेवल क्रस करेन्सी स्वाप गर्नका लागी प्रयोग गरिएको हेजिङ्ग उपकरण TCX ले उपलब्ध गराएको र सो सम्वन्धित कारोवार गर्नको लागि MFX ले सहजकर्ताको भूमिका निर्वाह गरेको थियो । सो कार्य सफलतापुर्वक सम्पन्न गर्न आफ्नो विशेषज्ञता उपलब्ध गराउनु भएकोमा TCX र MFX प्रति एनएमबि बैंकले आभार व्यक्त गरेको छ ।
यस हेजिङ्ग कारोवारले बैंकको वित्तीय संयन्त्र विकाश र प्रयोगप्रतिको प्रतिवद्धता दर्शाएको छ । यसरी सफलतापूर्वक सम्पन्न भएको हेजिङ्ग कारोबारले देश भरी स्थिरता र सुनिश्च्तिताका साथ वित्तीय कारोवार गर्नका लागि मार्ग प्रसस्त गरेको बैंकले जनाएको छ । अस्थिर बजारमा स्थिरताका साथ आर्थिक कारोवार गरी वित्तीय लक्ष्य प्राप्त गर्न मद्दत गर्ने कुरामा एनएमबि बैंक विश्वस्त रहेको छ ।
एनएमबि बैंक विगत २६ वर्षदेखि अनवरत रुपमा बैंकिङ्ग सेवा सुविधा प्रदान गर्दै आएको नेपाल राष्ट्र बैंकबाट “क” वर्गको इजाजत पत्र प्राप्त एक अग्रणी वित्तीय संस्था हो । बैंकले दि फिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर एसिया २०२१’ उपाधीबाट सम्मानित भएको बैंक हो । एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ लागी पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरि सकेकको छ । एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।
TCX सन् २००७ मा विकासशील र सीमावर्ती बजारहरूमा मुद्रा जोखिम व्यवस्थापन गर्न समाधानहरू प्रस्ताव गर्ने उदेश्य लिइ स्थापना भएको संस्था हो ।
सन् २००९ मा MFX Currency Risk Solutions धितोको बोझ हटाउँदै लगभग सबै उदीयमान बजारहरूमा माइक्रोफाइनान्स ऋणदाताहरूलाई पहुँचयोग्य हेजिङ्ग उपकरणहरू प्रदान गर्ने उदेश्य लिइ स्थापना भएको संस्था हो ।