काठमाडौँ । आज सोमबार नेपाली बजारमा सुन-चाँदीको मूल्य स्थिर छ ।
आज छापावाल सुन प्रतितोला एक लाख १० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन पनि सोही मूल्यमा कारोबार भएको थियो। त्यस्तै, सोमबार तेजाबी सुन प्रतितोला एक लाख ९ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ ।
महासंघका अनुसार आज चाँदी प्रतितोला एक हजार चार सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस दुई हजार ४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
























