काठमाडौं । सत्तारुढ दलका सांसद्ले सरकारसँग स्वेतपत्र जारी गर्न माग गरेका छन् । प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै माओवादी केन्द्रका सांसद् देवेन्द्र पौडेलले अर्थतन्त्र निकै नाजुक अवस्थामा रहेको भन्दै सरकारलाई स्वेतपत्र जारी गर्न माग गरेका हुन् ।
आर्थिक प्रणालीमा सुधार गर्ने गरी तत्काल स्वेत पत्र जारी गरिनुपर्ने पौडेलको माग छ। पौडेलले भने, ‘सरकारी ढुकुटी घाटामा छ । सहकारीका बचतकर्ता भागाभाग छन् । व्याजदर सिंगल डीजीटमा ल्याउने कुरा के भयो।’
उनले देशको अर्थतन्त्र सुधारिँदैछ भन्ने दिलाउने गरी सरकारले योजना ल्याउनुपर्ने बताए ।

























