सुर्खेत । कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले प्रदेशसभाबाट आज विश्वासको मत लिने भएका छन् । सत्ता साझेदार राप्रपाले समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री शर्माले आज दोस्रो पटक विश्वासको मत लिन लागेका हुन ।
एमाले, माओवादी केन्द्र, राप्रपा र एकीकृत समाजवादी केन्द्रका २५ जना सांसदको समर्थनमा गत २७ पुसमा शर्मा कर्णालीको मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
सरकारमा सहभागी नेकपा एमालेले आज पनि मुख्यमन्त्री शर्मालाई विश्वासको मत दिने स्रोतको दावी छ । केन्द्रमा जेजस्तो भएपनि कर्णाली प्रदेशमा सरकारसँग कुनै असहज अवस्था सिर्जना नभएकाले विश्वासको मत दिन सक्ने एक नेताले बताएका छन् । यहाँ माओवादी–एमालेबीच आधाआधा कार्यकाल सरकारको नेतृत्व गर्ने सहमति बनेको थियो ।
कर्णाली प्रदेशमा नेपाली कांग्रसेका १४, माओवादीका १३, एमालेका १०, राप्रपा, नेकपा एकीकृत समाजवादी र स्वतन्त्रका एक/एक जना सांसद छन् ।