काठमाडौं । सानिमा लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्स मर्ज भएसँगै आजदेखि सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार गर्दैछन् ।
कम्पनीको प्रधान कार्यालय काठमाडौं महानगरपालिका वडा नं. १० नयाँ बानेश्वरमा रहने भएको छ ।
सानिमा लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्सले कम्पनीलाई नेपाल बीमा प्राधिकरणले फागुन १८ गते मर्जर सम्बन्धी अन्तिम स्वीकृती प्रदान गरेको थियो ।
यस्तै कम्पनी रजिष्ट्रारको कार्यालयले मर्जर हुने अन्तिम दिनसम्म कायम सबै सम्पत्ति र दायित्वहरु नयाँ बन्ने कम्पनी सानिमा रिलायन्स लाइफले सकार्ने गरी फागुन २९ गते स्वीकृति प्रदान गरेको थियो ।
यी दुई कम्पनी १ः१ को स्वाप रेसियोमा मर्जरमा गएका थिए । मर्जर अघिसम्म रिलायन्स लाइफको चुक्ता पुँजी २ अर्ब १० करोड र सानिमा लाइफको २ अर्ब रुपैयाँ थियो । मर्जरपछि कम्पनीको चुक्ता पुँजी ४ अर्ब १० करोड रुपैयाँ पुगेको छ ।
























