काठमाडौँ । आजबाट दूधको मूल्य वढेको छ । फागुन १९ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार आजबाट उपभोक्तामा दूधको मूल्य बढाइएको दुग्ध विकास संस्थानले जनाएको छ ।
किसानलाई राहत पुग्ने गरी सरकारले दूधको मूल्य प्रतिलिटर ९ रुपैयाँले बढाउने निर्णय गरेको भएपनि त्यसले विचौलियालाई मात्र फाइदा पुगेको सरोकारवालाहरुले बताएका छन् ।
संस्थानले आज गोरखापत्र दैनिकमा सूचना प्रकाशित गर्दै कृषकहरूबाट उत्पादित ४ यूनिट घृतांश र ८ यूनिट घृतांशरहित दुग्ध ठोस पदार्थ भएको कच्चा दुधको प्रति लिटरको कृषक खरिद मूल्य न्युनतम ६५ रुपैयाँ बुधबारदेखि लागु गरिएको जनाएको छ।
संस्थानका अनुसार काठमाडौं, विराटनगर, जनकपुर र हेटौंडा क्षेत्रमा बिहीबारदेखि लागु हुने गरी प्रतिलिटर ९७ रुपैयाँ कायम भएको छ भने बुटवल क्षेत्रमा ९४ र नेपालगञ्ज तथा धनगढी क्षेत्रमा ९२ रुपैयाँ मूल्य कायम छ ।


























