काठमाडौँ । बुधबार हिजो तोलामा एक हजार रुपैयाँले घटेको सुनको भाउ आज पनि ५ सय रुपैयाँले घटेको छ। नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा १ लाख १ हजार रुपैयाँ तोकिएको छ ।
हिजो तोलामा १ लाख १ हजार ५ सय रुपैयाँ थियो। यस्तै, आज चाँदीको पनि भाउ घटेको छ। तोलामा ५ रुपैयाँले घटेर चाँदी आज १ हजार २ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।























