काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्सबीच मर्जर भएको छ । यी दुई इन्स्योरेन्सले आजबाट ‘सिद्धार्थ प्रिमियर इन्स्योरेन्स’को नामबाट एकीकृत कारोबार सुरु गरेका हुन् ।
दुई कम्पनी १:१ सेयर अनुपातमा मर्ज भएका हुन् । मर्जरपछि बनेको नयाँ कम्पनीको चुक्ता पूँजी २ अर्ब ८० करोड रुपैयाँ पुगेको छ ।
नयाँ कम्पनीको बीमा कोषको आकार २ अर्ब ३४ करोड र जगेडा कोष ५८ करोड रुपैयाँको भएको छ ।
निर्जीवन बीमातर्फ यो तेस्रो मर्जर हो । यसअघि हिमालयन र एभरेष्ट तथा सानिमा जनरल र जनरल इन्स्योरेन्स मर्ज भई एकीकृत कारोबार गरेका थिए ।






















