काठमाडौं । बुधबार दिउँसो देशका पहाडी भूभागमा वर्षा हुने भएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको हो।
साथै देशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । बुधबार राति प्रदेश १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।




















