काठमाडौं । नेकपा एमालेले परराष्ट्रमन्त्री विमला राई पौडेललाई जेनेभा जान रोक्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको कदमप्रति आपत्ति जनाएको छ ।
मन्त्रिपरिषदले निर्णयसमेत गरिसकेर भ्रमणमा जाने तयारीमा रहेका मन्त्रीलाई रोक्नु आपत्तिजनक रहेको एमालेको आज बसेको सचिवालय बैठकले ठहर गरेको छ ।
मन्त्रीको भ्रमण रोकिदा अन्तर्राष्ट्रिय फोरममा नकारात्मक सन्देश गएको र राष्ट्रको इज्जतमाथि प्रतिकुल प्रभाव पारेको एमालेका उपाध्यक्ष विष्णु पौडेलले बताएका छन् ।
प्रधानमन्त्रीले एमालेले स्वेच्छाले सरकार नछाडेमा आफैँ हटाउने वा मन्त्रीहरूलाई विभागीय बनाउनेसम्मको तयारी गरेको पौडेलले बताएका छन् ।