काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले पछिल्लो राजनीतिक घटनाक्रमप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।
निर्वाचनको तीन महिनामै भएका दुई गठवन्धन र सरकार परिवर्तनलाई लिएर उनले सामाजिक सञ्जाल ट्वीट मार्फत असन्तुष्टि व्यक्त गरेका हुन ।
फागुन १२ गते भएको भनिएको आठ दलीय गठवन्धन अपवित्र भएको उनको आरोप छ । उनले विचार, नीति, कार्यक्रम कतै पनि तादात्म्य नमिल्ने बताउँदै राजकीय पदका लागि मात्र गठवन्धन र भागवण्डा हुनु लोकतन्त्रमाथिको भद्दा मजाक भएको आरोप लगाएका छन् ।
आइतबार राति ट्वीटमा उनले लेखेका छन् “आमनिर्वाचनको तीन महिनाभित्र दुर्इ गठबन्धन र सरकार परिवर्तन ! गठबन्धनमा विचार, नीति, कार्यक्रमको कुनै तादात्म्य नास्ति ! दल र नेताहरूकोनिम्ति राजकीय पदको भागबण्डा मुख्य मुद्दा ! संसदको एउटा कार्यकालका लागि तीन प्रमको अग्रिम बॉडफॉड ! जनसरोकारका मुद्दा नास्ति ! यही हो लोकतन्त्र ? हामी कता जादैछौं ?”
आमनिर्वाचनको तीन महिनाभित्र दुइ गठबन्धन र सरकार परिवर्तन!गठबन्धनमा विचार,नीति,कार्यक्रमको कुनै तादात्म्य नास्ति!दल र नेताहरूकोनिम्ति राजकीय पदको भागबण्डा मुख्य मुद्दा!संसदको एउटा कार्यकालकालागि तीन प्रमको अग्रिम बाॅडफाॅड!जनसरोकारका मुद्दा नास्ति!यही हो लोकतन्त्र?हामी कता जादैछौं?
— Baburam Bhattarai (@brb1954) February 26, 2023
भट्टराईले आज अर्को ट्वीट गर्दै सवै प्रतिनिधिसभा सदस्यको र पार्टीगत रुपमा पनि प्रधानमन्त्रीको भागवण्डाको हिसावकिताव पनि निकालिदिएका छन् । नवगठित आठ दलीय गठवन्धनले प्रधानमन्त्रीमा तीन दलले भागवण्डा गर्ने भद्र सहमति गरेपछि उनले यस्तो व्यंग्य गरेका हुन । उनले लेखेका छन् “२७५ जना प्रतिनिधिसभा सदस्यलाई पॉच बर्षको संसदको पूरै कार्यकालमा पालैपालो प्रम बनाउॅदा एउटाको भागमा ६ दिन १४ घण्टा २४ मिनेट पर्दो रहेछ ! दलीय भागबण्डा गर्दा १०सिटवाला पार्टीलाई ६६ दिन पर्दो रहेछ ! त्यसैमा राष्ट्रिय सहमति गर्ने हो त ? सुशासन र समृद्धिको पहिलो शर्त राजनीतिक स्थीरता हैन ?”
२७५ जना प्रतिनिधिसभा सदस्यलाई पाॅच बर्षको संसदको पूरै कार्यकालमा पालैपालो प्रम बनाउॅदा एउटाको भागमा ६ दिन १४ घण्टा २४ मिनेट पर्दो रहेछ!दलीय भागबण्डा गर्दा १०सिटवाला पार्टीलाई ६६ दिन पर्दो रहेछ! त्यसैमा राष्ट्रिय सहमति गर्ने हो त?सुशासन र समृद्धिको पहिलो शर्त राजनीतिक स्थीरता हैन?
— Baburam Bhattarai (@brb1954) February 27, 2023