काठमाडौं । राष्ट्रपति पदमा नेकपा एमालेको तर्फबाट सुवासचन्द्र नेम्बाङले उम्मेदवारी दर्ता भएको छ। नेम्बाङको प्रस्तावकमा एमाले अध्यक्ष केपी शर्मा ओली, उपमहासचिव पृथ्वीसुब्बा गुरूङ, सचिव गोकर्णराज विष्ट, रघुबीर महासेठ र छविलाल विक रहेका छन् ।
एमाले पार्टी कार्यालय च्यासलमा आज बिहान बसेको सचिवालय बैठकले नेम्बाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको थियो ।
राष्ट्रपतिको उम्मेदवारमा पार्टीका उपाध्यक्ष नेम्वाङको मनोनयन दर्तापछि ओलीले भने, ‘हामीलाई विश्वास छ, हामी अत्यधिक मतका साथ विजयी हुन्छौँ ।’
ओलीले एमालेले विधि पूर्वक उम्मेदवार उठाएको बताउँदै उम्मेदवारी दर्ताको निस्सा पनि लिएको बताए । उनले भने, ‘हामीले विधि पूर्वध उम्मेदवार उठाएका छौँ। उम्मेदवारीको निस्सा पनि लिइसकेका छौँ। यो उम्मेदवारी दलीय स्वार्थ होइन्। संविधानको सही र सफल कार्यान्यनका लागि हो। प्रणालीको रक्षा र सही सफल कार्यान्वयनका लागि हो।’
सत्ता साझेदार दलहरूबीच वर्तमान सरकार गठनको समयमा गत २०७९ पुस १० गते भएको सहमति बमोजिम पार्टीले राष्ट्रपति पदमा उम्मेदवारी दिएको उपमहासचिव पृथ्वीसुव्बा गुरुङले बताए ।



















