काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरुबची वैठक चलिरहेको छ ।
राष्ट्रपतिको साझा उम्मेदवारबारे बारे भइरहेको छलफलमा कांग्रेसबाट सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, उपसभापति पूर्ण बहादुर खड्का, महामन्त्री गगन थापा र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला सहभागी छन् ।
माओवादीबाट अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नारायणकाजी श्रेष्ठ सहभागी छन् भने नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादव छलफल सहभागी भएको बताइएको छ ।
हिजो माओवादी, एकीकृत समाजवादी र जसपाको संयुक्त बैठक बसेको थियो । सोही बैठकले आज कांग्रेससँग पनि छलफल गर्ने सहमति गरेको थियो । आजको बैठकबाट कांग्रेस नेतृत्वको पाँचदलीय गठबन्धन ब्यूतिने र राष्ट्रपति पदको साझा उम्मेदवार चयन गर्ने नेताहरुले बताएका छन् ।
२५ गते हुने राष्ट्रपति पदको निर्वाचनका लागि १३ गते मनोनयन दर्ताको कार्यक्रम रहेको छ भने आज मतदाताको अन्तिम नामावली प्रकाशन हुँदैछ ।



















