काठमाडौँ । राष्ट्रपति उम्मेदवारका बारेमा छलफल गर्न नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ ।
आज बिहान ९:०० बजे बस्ने सचिवालय बैठकले राष्ट्रपतिको उम्मेदवारका बारेमा औपचारिक निर्णय गर्ने बुझिएको छ । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालसँग भएको सहमति अनुसार राष्ट्रपति एमालेले पाउनुपर्ने एजेन्डालाई प्राथमिकता राखेर छलफल हुने बताइएको छ ।
बुधवार बिहान एमाले अध्यक्ष ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच भएको छलफलमा एमालेको उम्मेदवारलाई राष्ट्रपति बनाउनु पर्ने र त्यसका लागि उपाध्यक्ष सुबासचन्द्र नेम्बाङ र नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल मध्ये एक जना उम्मेदवार हुने ओलीले प्रस्ताव गरेको चर्चा चलेको थियो ।
सचिवालयको बैठकको निर्णयसहित दिउँसो ओलीले प्रधानमन्त्री प्रचण्डसँग निर्णायक वार्ता गरेको बताइएको छ ।


















