काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले हालै भएको भारतीय विदेश सचिवको नेपाल भ्रमणका बिषयमा प्रश्न उठाएका छन् ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसद पन्तले भारतीय विदेश सचिव विनयमोहन क्वात्रालाई नेपाल भ्रमणका क्रममा अनावश्यक महत्व दिइएको भन्दै प्रश्न उठाएका हुन । उनले राष्ट्रपतिको चुनाव अगाडि भारतीय विदेश सचिवले प्रधानमन्त्री, परराष्ट्र मन्त्री, राष्ट्रपति, पूर्वप्रधानमन्त्रीलाई भेटेको प्रति पनि आपत्ती जनाएका छन् ।
राष्ट्र सम्मानलाई अंगिकार गर्दै विदेशी आउँदा हुने भ्रमणलाई नियमन गर्न उनले परराष्ट्र मन्त्रालयलाई आग्रह गरेका छन् ।
त्यस्तै पन्तले नेपालको राष्ट्रपति चयनमा भारतका कुटनीतिज्ञहरुले देखाएको चासो प्रति पनि आपत्ती जनाएका छन् ।



















