काठमाडौं । सोमबार निधन भएका मानव अधिकार आन्दोलनका अगुवा, बामपन्थी बुद्धिजीवि एवं पूर्वमन्त्री मथुराप्रसाद श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ ।
मंगलबार काठमाडौंको शिक्षण अस्पतालमा एमाले अध्यक्ष केपी शर्मा ओली लगाएतका नेताहरु पुगेर श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।
दमलगायत रोगबाट पीडित ८८ वर्षीय उनको उपचारका क्रममा सोमबार विहान अन्नपूर्ण न्यूरो अस्पतालमा निधन भएको हो ।
२०४६ सालपछि बनेको सरकारमा नागरिक समाजका तर्फबाट स्वास्थ्य मन्त्रीसमेत बनेका थिए । श्रेष्ठको मंगलबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।





















