काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वामपन्थी बुद्धिजीवी प्रा. डा. माथुराप्रसाद श्रेष्ठको निधनप्रति दुःख व्यक्त गरेका छन् ।
उनले टवीट् गर्दै पूर्वस्वास्थ्यमन्त्रीसमेत रहेका डा. श्रेष्ठको निधनको खबरले आफू दुःखी भएको जनाएका छन् ।
ओलीले लेखेका छन् “मानव अधिकार आन्दोलनका अगुवा
वरिष्ठ वामपन्थी बुद्धिजीवी डा मथुराप्रसाद श्रेष्ठको निधनको खबरले अत्यन्त दुःखी छु। केही दिन अघि प्राप्त भएको उहाँलाई सम्मान गर्ने अवसर नै अन्तिम भेटको रूपमा स्मरण गर्दै उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । शोकाकुल परिवारजनमा गहिरो समवेदना !”
लामो समयदेखि दम र छाती रोग सङ्क्रमणको उपचारमा रहेका मानवअधिकार क्षेत्रका अगुवा डा. श्रेष्ठको आज बिहान ८८ वर्षको उमेरमा अन्नपूर्ण न्यूरो अस्पतालमा निधन भएको थियो।
मानव अधिकार आन्दोलनका अगुवा
वरिष्ठ वामपन्थी बुद्धिजीवी डा मथुराप्रसाद श्रेष्ठको निधनको खबरले अत्यन्त दुःखी छु।
केही दिन अघि प्राप्त भएको उहाँलाई सम्मान गर्ने अवसर नै अन्तिम भेटको रूपमा स्मरण गर्दै उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु।
शोकाकुल परिवारजनमा गहिरो समवेदना ! pic.twitter.com/jrv2vm7c8k— K P Sharma Oli (@kpsharmaoli) February 20, 2023



















