काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
उनीहरुबीच एमाले अध्यक्ष ओली निवास बालकोटमा भेटवार्ता भएको हो । राष्ट्रपतिको निर्वाचन नजिकिएका बेला राष्ट्रपतिमा कसलाई अघि सार्ने भन्नेबारे प्रचण्ड र ओलीबीच छलफल भइरहेको स्रोतले बताएको छ । यसबारे छलफल गर्न प्रचण्ड बालकोट गएका हुन् ।
राष्ट्रपतिको उम्मेदवारलाई लिएर बिहीबार पनि प्रचण्ड र ओलीबीच बालुवाटारमा छलफल भएको थियो । साथै प्रधानमन्त्री प्रचण्डकै सहमतिमा कांग्रेसबाट राष्ट्रपति बनाउन लागेको चर्चाले सत्तारुढ घटक माओवादी केन्द्र र एमालेबीच चिसोपना बढाइरहेको छ ।
यही चिसोपना मेटाउन केही हप्तायता प्रचण्ड र ओली दैनिकजसो भेटवार्ता भइरहेको छ ।




















