काठमाडौँ । विश्व बैंकका प्रमुख डेभिड मालपासले राजीनामाको घोषणा गरेका छन् । डेभिडको कार्यकाल २०२४ मा समाप्त हुने थियो । डोनाल्ड ट्रम्पको कार्यकालमा डेभिड मालपास विश्व बैंकको प्रमुख बनेका थिए ।
डेभिड मालपासको कार्यकालमा विश्व बैंकका सामु धेरै विश्वव्यापी चुनौती थिए । जसमा कोरोना, युक्रेनमा रुसको आक्रमण र विश्वव्यापी आर्थिक चुनौती पर्छन् ।
६६ वर्षीय डेभिड मालपासले भने, ‘धेरै सोचविचारपछि म अब नयाँ चुनौती सामना गर्ने समय हो भन्ने निष्कर्षमा पुगेको छु। सहज नेतृत्व परिवर्तन हुने अवसर यही हो।’
बीबीसीका अनुसार डेभिड मालपास पनि डोनाल्ड ट्रम्पको अभियान सल्लाहकार थिए ।
























