काठमाडौँ । यातायात मजदुर र व्यवसायीले घोषणा गरेको आन्दोलन स्थगित भएको छ । सरकारले यातायात मजदुर र व्यवसायीका नेताहरूसँग मंगलबार बिहान सिंहदरबारमा गरेको वार्तापछि आन्दोलन स्थगित भएको हो ।
वार्तापछि तत्काल आन्दोलन फिर्ता लिएर कार्यदलमार्फत सहमति गर्न व्यवसायीहरु सहमत भएका हुन् । यसअघि यातायात व्यवस्था विभागका महानिर्देशकको संयोजगत्वमा बनेको कार्यदलमा मजदुर संघका सदस्यहरु थपिएको छ। नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन, अखिल नेपाल यातायात मजदुर सङ्घ र नेपाल यातायात मजदुर सङ्घले सोमबार नयाँ बसपार्क क्षेत्रमा तोडफोड र आगजनी गरेको थियो ।
लगत्तै आज सार्वजनिक यातायात बन्द गर्ने घोषणा गरेका थिए ।
सार्वजनिक यातायात नचल्दा उपत्यकाका सर्वसाधारणले सास्ती व्यहोर्न परेको थियो ।
























