काठमाडौं । अक्षरा स्कुलले एक दिने बाल साहित्यिक महोत्सव सम्पन्न गरेको छ । बालबालिकामा पठन संस्कृतिको विकास गर्ने उद्देश्यले काठमाडौंको कागेश्वरी मनोहरास्थित अक्षरा स्कुलले आइतबार ‘दोस्रो अक्षरा बाल साहित्य महोत्वस’ आयोजना गरेको हो ।
‘अक्षरा बाल साहित्य महोत्वस’मा कलाकार मदनकृष्ण श्रेष्ठ, चर्चित साहित्यकार वुद्धि सागर, निलम कार्की निहारीका लगायतका विभिन्न लेखक तथा व्यक्तिहरुको सहभागिता रहेको थियो ।
विभिन्न विद्यालयहरुका विद्यार्थीले बाल साहित्य महोत्वसको अवोलकन गरेका छन् । २ सत्रमा सञ्चालन गरीएको कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षकहरुले “लेखकसँग साहित्य संवाद”कार्यक्रम अन्तर्गत आफ्ना जिज्ञासा राखेका थिए । साथै जीवनमा साहित्यको महत्व, साहित्य प्रति रुची जगाउने, आफूलाई कसरी अभिव्यक्त गर्ने लगायतका विषयमा चर्चा गरिएको थियो ।
विद्यार्थीहरुको पठन शैलीमा विकास होस भन्ने उदेश्यले विद्यालयमा साहित्यिक कार्याक्रम हरेक हप्ता गर्दै आए पनि यसरी साहित्यक महोत्सव भने दोस्रोपल्ट आयोजना गरिएको अक्षरा स्कुलकी प्रधानाध्यापक अञ्जु भट्टराईले बताइकी छिन । विद्यार्थी र अभिभावकमा साहित्यप्रतिको रुचि बढोस् र अध्ययनको संस्कार विकास होस् भन्ने चाहनाले विद्यार्थी अभिभावकसँग साहित्यिक महोत्सव मनाएको उनले बताईन ।
कार्यक्रमका प्रमुख अतिथि मदनकृष्ण श्रेष्ठले साना साना कुराहरुलाई बुँदागत रुपमा लेख्ने बानीको विकास गर्न सकियो भने आफै क्रियशन बन्दै जाने बताए । उनले अक्षर शब्द सानै देखि सुन्दै आएपनि अक्षरा नसुनेको र विद्यालयलको नाम राम्रो लागेको बताउँदै हरेक शब्दको जति गहिराईमा जानसक्यो त्यतिनै गहिराइमा पुग्न सकिने धारणा राखे ।
साहित्यकार तथा लेखक निलम कार्की निहारीकाले पाठ्यपुस्तक भन्दा बारिका पुस्तक पनि पढ्नु पर्छ भन्ने चतना अभिभावकमा आउन थालेको बताइन । विकसित देशहरुमा अनलाइन प्रविधिको सबै सुविधा भएपनि पुस्तक पढ्ने बाँनी रहेको बताउँदै असर संस्कार असल पुस्तकले दिने बताइन ।
संस्थागत र सार्वजनिक विद्यालयका विद्यार्थीलाई पठन संस्कृतिको विकास गर्ने उदेश्यले आयोजना गरिएको अक्षरा स्कूल बाल महोत्सवमा २७ विद्यालयको १५ सय विद्यार्थी सहित अभिावक, शिक्षक गरि ४ हजार जनाले महोत्सवको अवलोकन गरेका छन् ।