काठमाडौँ । पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले अकस्मात् १ फागुनलाई ‘जनयुद्ध दिवस’ मनाउने भन्दै सार्वजनिक बिदा दिए पनि बैङ्कहरूका सेवा भने सुचारु हुने भएका छन् ।
नेपाल राष्ट्र बैङ्कले एक सूचना जारी गरी मुलुकभरका बैङ्कहरूलाई अत्यावश्यक सेवा प्रवाह नरोक्न भन्दै सेवाग्राहीहरूको हितमा ध्यानमा राखी बिहान ११:०० बजेदेखि अपराह्न ३:०० बजेसम्म बैङ्क सञ्चालन गर्न निर्देशन समेत दिएपछि सेवा अवरुद्ध नहुने भएको हो ।
“नगद कारोबार, चेक क्लियरिङ, आरटिजिएसलगायत बैङ्किङ सेवा प्रदान गर्न बिहान ११:०० बजेदेखि अपराह्न १:०० बजेसम्म बैङ्क तथा वित्तीय संस्थाका आवश्यक विभाग तथा कार्यालय खुला राखी सेवा सुचारु गर्ने व्यवस्था मिलाउन हुन यो सूचना जारी गरिएको छ”, राष्ट्र बैङ्कले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।