काठमाडौं । सेयर बजारमा फरि करेक्सन आएको छ। कारोबारको अघिल्लो दिन मंगलबार ७६ अंक बढीले बढेको बजारमा आज ७.१३ अंकले करेक्सन आएको हो ।
सेयर बजार ओरालो लागेपनि कारोबार रकममा भने सामान्य वृद्धि आएको छ । यसदिन २५७ कम्पनीको १ करोड ५ हजार २ हजार ६४९ कित्ता सेयर ३ अर्ब ६९ करोड १९ लाख ७२ लाख ८१७ रूपैयाँमा खरिदबिक्री भयो ।
अघिल्लो कारोबार दिन मंगलबार ३ अर्ब ३६ करोड २२ लाख ६७ हजार ७८ रूपैयाँमा खरिदबिक्री भएको थियो। कारोबारमा आएका १३ उपसमूहमध्ये ११ को मूल्य घट्यो भने २ को मात्र बढ्यो ।
तीन उपसमूह फाइनान्स,होटल्स एन्ड टुरिजम र हाइड्रो पावरको सेयर १ प्रतिशत बढिले घट्यो ।
यसदिन कुनै पनि कम्पनीको मूल्यमा सकारात्मक सर्किट ब्रेक लागेन ।
कारोबार रकमका आधारमा नेपाल रेइन्स्योरेन्स शीर्षस्थानमा रह्यो । सो कम्पनीको ११ करोड बढिको सेयर कारोबार भयो ।

























