काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द्र विप्लवले हाम्रो सरकार विदेशीको इसारामा बन्ने र ढल्ने गरेको दाबी गरेका छन् ।
काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो व्यवस्था फेर्नुपर्ने बताएका छन् ।
देशको अर्थतन्त्र डाँवाडोल हुनेको कारण नै नेपालको दलाल पूँजीवादी सत्ता भएको आरोप पनि लगाएका छन् ।
नेपाली युवाहरु स्वदेशमै बस्न सक्ने अवस्था बनाउन चुनाव र सत्ता हेरफेरमात्रैले नहुने बताउँदै उनले व्यवस्था नै परिवर्तन गर्नुपर्ने बताएका छन् ।
नेपाललाई वैज्ञानिक समाजवादतिर लैजान आवश्यक रहेको र त्यसको आभाष जनतामा पनि भएकाले बहस सुरु भइसकेको विप्लवले बताएका छन् ।
जनता यो व्यवस्था परिवर्तन गर्नतर्फ लाग्ने बताउँदै ढिलोचाडो पूरा हुने बताएका छन् ।
यसैवीच नेकपाले फागुन ५ र १५ गते देशव्यापी विरोध प्रदर्शन गर्ने भएको छ । नेकपाको हालै सम्पन्न केन्द्रिय समितिको बैठकको निर्णय पनि सावर्जनिक गर्न आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता खड्गबहादुर विश्वकर्माले महंगी र चर्को व्याजदरविरुद्ध देशव्यापी विरोध प्रदर्शन गर्न लागेको बताएका छन् ।
मिटरब्याज, बैंक तथा लघुवित्तको चर्को ब्याजदरविरुद्ध ५ गते र चर्को महंगीविरुद्ध १५ गते देशव्यापी विरोध प्रदर्शन गर्न लागिएको उनले बताएका छन् ।




















