काठमाडौं । अमेरिकी विकास सहायता नियोग यूएसएआईडी प्रमुख सामन्था पावरले उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसंग भेटवार्ता गरेकी छिन् ।
बुधबार सिंहदरबारमा भएको भेटवार्ताका क्रममा दुईपक्षीय साझेदारीका बिषयमा छलफल भएको थियो । सो क्रममा अर्थमन्त्री पौडेलले यूएसएआईडीले नेपाललाई गरेको सहयोगप्रति आभार व्यक्त गरेका छन् भने यूएसएआईडी प्रमुख सामन्था पावरले नेपालको अर्थतन्त्रको बिकासमा आफ्नो सहयोग जारी रहने बताएकी छिन् ।
यसअघि सामन्था पावरले ५ करोड ८५ लाख अमेरिकी डलर सहायता घोषणा गरेकी छिन् ।
नेपाल भ्रमणका क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, परराष्ट्र मन्त्री डा. विमला राई पौडेलसंग पनि भेटवार्ता गरेकी छिन् ।


























