काठमाडौं । उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक भोलि बस्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज बालकोटमा भएको छलफलमा बिहीबार संयन्त्रको वैठक बोलाउने सहमति भएको छ ।
उच्चस्तरीय राजनीतिक संयन्त्रको संयोजकसमेत रहेका ओलीलाई भेट्न प्रधानमन्त्री प्रचण्ड आज बिहान ओली निवास बालकोट गएका थिए ।
बिहीबार बस्ने संयन्त्रको वैठकमा राष्ट्रपतिको उम्मेदवारबारे छलफल गर्ने प्रधानमन्त्री दाहालले बताएका छन् । वैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिएको बारेमा र मन्त्रिपरिषद् विस्तार बारे पनि छलफल हुने बुझिएको छ ।



















