काठमाडौं । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले काँग्रेसले प्रतिपक्ष दलको भूमिका निर्वाह गर्न नसकेको आरोप लगाएका छन् ।
रफत सञ्चार क्लबको १३ औ वार्षिकोत्सवका अवसरमा सोमबार भक्तपुरमा आयोजना गरेको कार्यक्रममा बिजुक्छेँले प्रमुख प्रतिपक्ष दलले सरकारलाई समर्थन गर्ने कही नभएको चलन काँग्रेसले ल्याएको र प्रतिपक्ष दलको भूमिका पनि निर्वाह गर्न नसकेको आरोप लगाएका छन् ।
सरकारको गलत कामलाई रोकेर देशलाई जोगाउने मुख्य जिम्मेवारी प्रमुख प्रतिपक्ष दलको भएपनि सत्ताको मोहले काँग्रेसले त्यो जिम्मेवारी छाडेको उनले बताए । उनले बिचार नमिल्नेहरुको सरकार बनाएर दलहरुले गैरजिम्मेवारीपन देखाएको धारणा पनि राखेका छन् ।
बिजुक्छेँले संसदमा जनसरोकारका बिषय र आफ्ना बिचारहरुका बारे बोल्न पाउनुपर्ने भन्दै राप्रपाले हिन्दु राज्य र राजाको पक्षमा बोल्यो भन्दै संसदमा सभामुखले रोक्नु गलत भएको पनि बताएका छन् ।
त्यस्तै एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले राष्ट्रपतिको निर्वाचनलाई पुस १० को सहमति अनुसार कार्यान्वयन गर्ने र राजनीतिक स्थिरतालाई कायम गर्ने जिम्मेवारी प्रधानमन्त्रीको भएको धारणा राखेका छन् । कार्यक्रममा पत्रकार रमेश गिरी, नारायणसुन्दर किलम्बु लगायतलाई सम्मान गरिएको थियो ।



















